कुमारी बैंकले ललितपुरस्थित लामाटारमा रहेको श्री ज्ञान ज्योती आधारभूत विद्यालयलाई एक लाख बराबरको सहयोग गरेको छ।
विपन्न वर्गका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्देश्यले सहयोग गरिएको बैकले बतायो।
बैंकले विद्यालयलाई शैक्षिक सामाग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा स्कुल ब्याग हस्तान्तरण हो।
बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक विष्णु भन्डारीलाई एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन्।
समारोहमा वासुदेव गौतम, कुमारी बैंकका कर्मचारीहरु, विद्यालयका कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो।
देशभर रहेका १११ शाखा संजाल, १०२ एटिएम, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ ईकाईमार्फत सेवा दिदैं आएको बैंकले यस्ता सामाजिक कामलाई निरन्तरता दिने प्रविद्धता गर्यो।