राजधानीको ओम अस्पतालमा उपचाररत साहित्यकार जगदीश घिमिरेको आज विहान ५ :५५ बजे निधन भएको छ । क्यान्सर बल्भि्कएपछि ३५ दिन अघि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। सात वर्षअघि सघन उपचारपछि रोकथाम गरिएको मल्टिपल माइलोमा (रगतको क्यान्सर) फेरि देखिएपछि उनलाई ३५ दिनअघि चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो ।
घिमिरेलाई अङ्कोलोजिष्ट र हेमाटोलोजिष्टको निगरानीमा राखिएको थियो ।
शरीरमा रगतको मात्रा कम हुदै गएकोले हेमोग्लोविन चढाइएको थियो । उनलाई २०६३ सालमा मल्टिपल माइलोमाको संक्रमण देखिएको थियो।
आफ्नो युवाकालमा जगदिश घिमिरेले 'साविति' उपन्यास लेखेर चर्चा बटुलेका थिए। युवाकालपछि लामो समयसम्म उनी राष्ट्रिय र अन्ताराष्ट्रिय गैरसकारी संस्थाहरुसँग आवद्व भए।
आफ्नो पुर्ख्यौली थलो रामेछापमा 'तामाकोशी सेवा समिति' खोलेर उनी सामाजसेवामा पनि सक्रिय छन्। त्यहिँबीचमा उनले अखवारी लेखनलाई पनि अघि बढाए।
क्यान्सर देखिएपछि उनी फेरि साहित्य लेखनमा फर्किए।
आत्मकथा बिधामा नेपाली वाङ्मयको भण्डारलाई धनी बनाउने किर्ति दिए,'अन्तरमनको यात्रा'। विक्रीको हिसावले पनि यसले छलाङ नै मार्यो।
क्यान्सरको पीडादायी उपचारसँग जुध्ने क्रममा नै घिमिरेले यो किताब लेखेका थिए। अन्तर्मनको यात्राले मदनपुरस्कार समेत पाएको थियो। पोहोरसाल ऐतिहासिक तथा सामाजिक उपन्यास 'सकस' बजारमा आएको थियो।
उनको परिवारमा पत्नी दुर्गा, छोरा हिमाल र छोरी जुन छन् ।
अस्पतालको कुरुवाकोठामा नबिराई बसेकी दुर्गाले क्यान्सर र छातीको क्यान्सरसँग जुँधिरहेक पतिलाई भेट्ने आँट गरेकि थिइनन्। सायद पतिको पीडाले आफूला भक्कानो छुट्ने र त्यो भक्कानोले जगदिशलाई झन् पीडा हुने ठानेर दर्गा मनलाई कठोर बनाएकी हु्न् । ३५ दिनसम्म उनले उपचार कक्षको जंघार नाघेर भित्र गइनन् ।
घिमिरेको पार्थीव शरीरलाई आजै पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
यो पनि हेर्नुहोस्