एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँकार्य समितिको पछिल्लो मतगणनाको परिणाममा शीर्ष नेतापुत्र अगाडि रहेका छन् ।
जारी मत गणनामा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा जयन्त चन्द १४९९ मत ल्याएर सबभन्दा अगाडि छन् । यस्तै अर्का पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा १४७१ मतका साथ दोस्रो स्थानमा छन् ।
अर्का पञ्चायतकालिन मन्त्री जोगमेहर श्रेष्ठका छोरा सुमन मेहर श्रेष्ठ १३०८ मतका साथ पाँचौ स्थानमा छन् । पर्शुराम खापुङको १४३१मतका साथ तेस्रो स्थानमा छन् भने चौथोमा विक्रम पाण्डे छैठौमा भुवन पाठक, सातौमा प्रेम बहादुर भण्डारी, आँठौमा गोविन्द विक्रम शाह, नवौमा जगत गौचन तथा दशौ स्थानमा पूर्वप्रहरी प्रमुख ध्रुब बहादुर प्रधान रहेका छन् ।
७१ केन्द्रीय सदस्यका लागि एक सय ४७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
निर्वाचनमा खुलातर्फ ३५ स्थानमा ६३, महिलातर्फ १० स्थानमा ३३, दलितमा चार स्थानमा १७, मधेसीमा १० स्थानमा २९ र जनजातितर्फ १० स्थानमा २१ जनाको उम्मेदवारी परेको थियो।
यस्तै अध्यक्षले ३० सदस्य मनोनीत गर्ने विधानमा उल्लेख गरिएको छ ।
महाधिवेशनको बन्दसत्रले अध्यक्षमा सूर्यबहादुर थापालाई सर्बसम्मत चयन गरिसकेको छ । पार्टीको उच्चस्तरीय समितिमा पशुपतिसम्शेर जबरा, लोकेन्द्र बहादुर चन्द र प्रकाशचन्द्र लोहनी छन् ।