सरकारले सवारीसाधनको नम्बरप्लेट पुनः परिवर्तन गरि अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजिटल प्रविधिमा लैजाने तयारी गरेको आजको कारोबारमा खबर छापिएको छ ।
यसमा २ अर्व भन्दा बढि खर्च हुने अनुमान गरिएको छ । नयाँ नम्बर प्लेट इम्बोस्ट र डिजिटल हुनेछन् । दुई वर्षअघि नै सरकारले यो व्यवस्था लागू गर्न तयारी गरेपनि पछि हातले लेखेको नम्बर प्लेट राख्ने निर्णय गरेको थियो ।
डिजिटल नम्बर प्लेटमा कर तिरे नतिरेको चोरी भए नभएको सवारीको अवस्थाको तथ्याङक राख्न सकिने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । एकपटक सवारी साधनमा सेट गरेपछि वर्षौसम्म त्थ्याङ्क सुरक्षीत रहन्छ ।तर , एकपटक नम्बरप्लेट खोलेपछि पुन तथ्याङ्क सेट गर्नुपर्ने हुन्छ ।