माइकल हसी र सुरेश रैनाको विस्पोटक व्याटीङ गरेपछि चेन्नई सुपरकिंगस भारतमा जारी छैठौं संस्करणको इन्डियनन्स प्रिमियिर लिग (आइपीएल)मा मुम्बइ इन्डियन्सलाई ४८ रनले हराउँदै फाइनलमा पुगको छ।
मंगलबार राती टस जितेर पहिला व्याटीङ गरेको चेन्नईले निर्धारित २० ओभरको खेलमा १ विकेट गुमाउदै १९२ रन बनायो। चेन्नईका लागि माइक हसीले अभिजित ८६ रनको योगदान दिए। ५८ बल खेलेका हसीले १० चौका र दुई छक्का प्रहार गरे। यस्तै सुरेश रैनाले पनि अभिजित ८२ रनको योगदान दिए। ४२ बल खेलेका रैनाले ५ छक्का र ५ चौका प्रहार गरे। यस्तै मुरली विजयले २३ रनको योगदान दिएका थिए। मुम्बईका लागि किरन पोलार्डले विकेट लिएका थिए।
१९३ रनको विजयी लक्ष्यका साथ मैदानमा आएको मुम्बई इन्डियन्सले निर्धारीत २० ओभरको खेलमा १८.४ ओभर खेल्दै सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो। मुम्बइका लागि ड्यान स्थिमिथले सर्वाधिक ६८ रनको योगदान दिएका थिए। यस्तै रोहीत शर्मा २४, दिनेश कार्तीका ११ रन बनाएर आउट भए। मुम्बइका अन्य व्याट्समेनले खुलेर खेल्न सकेनन्।