सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को आज उपाधि भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्यबीच उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो।
दिउँस ३:३० बजे सुरू हुने खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ गरेको छ।
खेलका लागि लुम्बिनीले जेजे स्मितको स्थानमा मोबिन सुभसिंहलाई खेलाएको छ। सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ। मिलन बोहराको स्थानमा दिपक बोहरा तथा मुख्यर अहमदको स्थानमा पुनित मेहरा आएका छन्।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, इशान पाण्डे, दिपक बोहरा, विनोद भण्डारी, हेमन्त धामी, हरमीत सिंह, सेलडन ज्याक्सन, स्कट कुगेलिइन, पुनित मेहरा।
लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी) सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, मोबिन सुभसिंहा, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर), डार्शी शर्ट।
गत सिजन अंक तालिकाको पुछारमा रहेको लुम्बिनी र उपविजेतामा सीमित बनेको सुदूरपश्चिम उपाधिका लागि भिड्दा एनपिएलले नयाभँ च्याम्पियन पाउँदैछ।
यससँगै एक खेलाडीले दोस्रो पटक एनपिएलको उपाधि उचाल्ने इतिहास बनाउनेछन्। गत सिजन जनकपुर बोल्ट्सले उपाधि जित्दा सो टोलीमा रहेका दुई खेलाडी आज एकअर्काबीच प्रतिस्पर्धा गर्दैछन्।
लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल र सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले गत सिजन जनकपुरका लागि उपाधि जितेका थिए। यो सिजनका लागि जनकपुरले रिलज गरेसँगै मिनिअक्सनबाट हेमन्तलाई सुदूरपश्चिम र शेरलाई लुम्बिनीयले भित्र्याएका थिए।
त्यसैले हेमन्त वा शेर मध्ये एक खेलाडीले लगातार दोस्रो पटक उपाधि जित्ने पक्का छ।
सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो। अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो।
यस्तै लुम्बिनी भने प्लेअफमा स्थान पक्का गर्ने क्रममा अंक तालिकाको चौथो स्थानमा थियो। पहिलो खेल जिते पनि लुम्बिनीले त्यसपछि लगातार तीन खेल गुमायो। तर लिगका पछिल्ला तीन खेल जितेर लुम्बिनी अंक तालिकामा चौथो बन्यो।
त्यसपछि एलिमिनेटरमा लुम्बिनीले काठमान्डु गोर्खाज र दोस्रो क्वालिफायरमा विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो।

