सिद्धार्थ बैंक नेपाल प्रिमिरय लिगमा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच खेल हुन लागेको हो।
खेलमा विराटनगरले टस जितेर फिल्डिङ रोजेको छ। खेलका लागि विराटनगरमा दुई परिवर्तन गरिएको छ। नारायण जोशी र सूर्य तामाङको स्थान सुवास भण्डारी र शंकर रानाले खेल्दैछन्।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।
लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो।
लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो। आज विजयी हुने टोली फाइनलमा पुग्नेछ।
विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिमको सामना गर्नेछ। सुदूरपश्चिम पहिलो संस्करणको एनपिएलको उपविजेता हो।
फाइनल खेल यही मंसिर २७ गते शनिबार हुनेछ।
विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम (विकेटकिपर), प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी, शंकर राना, नरेन भट्ट, फाप डु प्लेसिस, मार्टिन गप्टिल, साम हिजलेट, मर्स्याङ डि लाङ।
लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी) सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, जेज स्मित, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर), डार्शी शर्ट।

