नौ वर्षीय फुटबल खेलाडीलाई नाइकले अनुबन्धित गर्यो


नौ वर्षको उमेरमा व्यवसायिक सम्झौता, यो आफैमा आश्चर्य लाग्दो कुरा हो। तर, क्लुभर्ट थर, फुटबलमा स्वभाविक ठूलो मार्केटिङ पनि हो।

नेदरल्याण्ड्स र बार्सिलोनाका पूर्व स्टार प्याट्रिक क्लुभर्टका ९ वर्षीय छोरा सेनका लागि अन्तर्राष्ट्रिय खेलकुद सामाग्री निमार्ण गर्ने कम्पनी नाइकले हालै अनुबन्धित गरेको छ।

क्लुभर्टका जेठा छोरा १८ वर्षीय जस्टिन आयाक्स क्लबबाट व्यवसायिक फुटबल खेल्न थालिसकेका छन्। तर, उनलाई नभएर नाइकले ९ वर्षीय कान्छो छोरासँग सम्झौता गरेको छ। सेनले हालै आफ्नो इन्स्टाग्राममा यसको जानकारी दिएका हुन्। सेनको सोशल मिडियामा अहिले नै १ लाख २० हजार फलोअर्स छन्। उनको आफ्नै युट्युब च्यानल पनि छ।

नाइक र एडिडास कम्पनीको आफ्नै प्रतिभा पहिचान गर्ने विभाग छ। जसले उदयमान खेलाडीलाई अनुबन्धित गर्ने गर्छ। ४१ वर्षीय क्लुभर्टले आफ्नो खेल जीवनमा २ पल्ट डच इरेडिभाइसी उपाधि र च्याम्पियन्स लिग १९९४ र १९९७ को बीच ३ वर्ष आयाक्सबाट १८ वर्षको उमेरदेखि खेल्दा जितेका थिए।

यसपछि उनी एसी मिलान, बार्सिलोना, न्युक्यासल युनाइटेड, भ्यालेन्सिया, पिएसभ आइन्डहोभन र लिलेमा अनुबन्धित भएका थिए। उनले देशका लागि ७९ खेल खेल्दै ४० गोल गरे।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.