उरुग्वेको खेल अगाडि अर्जेन्टिनी प्रशिक्षकले भने– मेसी विवादरहित प्लेइङ सेटको खेलाडी


विश्व कप छनोटअन्तर्गत आउँदो साता उरुग्वेविरुद्ध हुने खेल पूर्व अर्जेन्टिनी राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक जर्जे साम्पाउलीले लिओनल मेसी आफ्नो टिमको एक मात्र विवादरहित ‘प्लेइङ सेट’ को खेलाडी भएको प्रतिक्रिया दिएका छन्।

दुई पल्टको विश्व कप विजेता अर्जेन्टिना हाल विश्व कप छनोटको पाँचौ स्थानमा छ। दक्षिण अमेरिकी समूहमा ४ टिमले सिधै विश्व कपमा छनोट हुने प्रावधान छ। पाँचौ टोलीले भने प्लेअफ म्याच खेल्ने नियमअनुसार अर्जेन्टिना अहिले गम्भीर मोडमा छ।

‘मेसीको प्रतिबन्ध फुकुवा भएको अवस्थामा राष्ट्रिय टोलीमा म उपयुक्त समयमा आएको छु,’ मंगलबार साम्पाउलीले भने। विश्व कप छनोटअन्तर्गत अर्जेन्टिनाले ३१ अगस्टमा उरुग्वेविरुद्ध खेल्दैछ।

साम्पाउलीले मेसीलाई आक्रामक मिडफिल्डरको भूमिका नभए राइट विङबाट प्रयोग गर्ने सम्भावना छ। ‘मेसीलाई एक्लो छोड्नु गल्ती हुनेछ। हामीलाई आवश्यकता छ, उनको वरिपरी उत्कृष्ट खेलाडीको जमघट होस,’ साम्पाउलीले भने।
जेभियर मास्चेरानोको भविष्यको विषयमा स्पष्ट पार्दै उनले भने, ‘निकै अनुभवी र चुनौतीलाई बुझ्ने खेलाडी हुन्।’

गत मार्चमा चिलीविरुद्ध खेलमा रेफ्रिलाई खराब शब्द प्रयोग गरेको आरोपमा फिफाले ४ खेलमा मेसीलाई प्रतिबन्ध लगाएको थियो। उनी भेनेजुएला र पेरुविरुद्धको खेलमा प्रतिबन्धमा थिए। अपीलपछि उनको प्रतिबन्ध फिफाले फुकुवा गरेको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.