समर्थक उकासेको आरोपमा सेल्टिक स्ट्राइकरलाई प्रतिबन्ध


समर्थकलाई उकासेको आरोपमा सेल्टिक स्ट्राइकर लेग ग्रिफिथ्स एक खेलका लागि प्रतिबन्धित भएका छन्।

च्याम्पियन्स लिगको दोस्रो चरणको छनोटअन्तर्गत घरेलु मैदान विन्डसर पार्कमा भएको खेलमा स्कटल्यान्डका २६ वर्षीय स्ट्राइकरले आफूले गोल हानेपछि गोल पोस्टमा क्लबको स्कार्फ बाँधेका थिए।

ग्रिफिथ्सको यस्तो कार्यको निन्दा गर्दै युरोपियन फुटबलले क्लबलाई ४ हजार पाउन्ड पनि जरिवाना तोकेको छ।

सेल्टिकले पहिला लेगको खेल २–० र दोस्रो लेगको खेल ४–० ले जितेर तेस्रो चरणको छनोट रोसेनवर्गसँग पक्का गरेको थियो। ग्लास्को टोलीले युरोपियन फुटबलले अस्विकार गरेको ब्यानर पनि प्रदर्शन गरेको थियो, बुधबार राती सम्पन्न खेलमा।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.