रोहित चन्द बार्सिलोनाको छिमेकी क्लब इस्प्यान्योलविरुद्ध बुधबार खेल्दै


नेपालका अन्तर्राष्ट्रिय खेलाडी रोहित चन्द स्पेनको चर्चित क्लब इस्पान्योलविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। इस्पान्योल स्पेनिस फुटबलको नयाँ सिजनअगाडि तयारीका लागि अभ्यास खेल खेल्न इन्डोनेसिया आइपुगेको छ।

इस्प्यान्योलले बुधबार जकार्तामा पेर्सिजा जकार्ताविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ। यही क्लबमा रोहित पनि आवद्ध छन्। इस्प्यान्योल गत सिजन स्पेनिस लिगको आठौ स्थानमा रहेको थियो। बार्सिलोनाको छिमेकी क्लबको रुपमा रहेको यो क्लबले ४ पल्ट कोपा डेल रेको उपाधि जितिसकेको छ। पछिल्लो पल्ट उसले २००६ मा सफलता पाएको थियो।

स्प्यान्योल १९८८ र २००७ मा युरोपा लिगको फाइनलमा पनि पुगेको थियो। रोहितले यसअघि डच क्लब आयाक्सविरुद्ध पनि मैत्रीपूर्ण खेल खेलिसकेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.