एएफसी युथ–२३ छनोट खेल्न दुबई उत्रिँयो नेपाली टोली


एएफसी युथ–२३ प्रतियोगिताको छनोट खेल्न युनाइटेड अरब इमिरेट्स (युएई) उडेको नेपाली टोली दुबई पुगेको छ। विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाली युवा टोलीले शनिवार आयोजक युनाइटेड अरब इमिरेट्स (युएई) सँग १५ हजार दर्शक क्षमताको अल अइनस्थित ताहनउन बीन मोहम्मद रंगशालामा खेल्दैछ।

नेपालको दोस्रो खेल उज्वेकिस्तानसँग सोमबार हुनेछ। नेपालले समूह ‘डी’ को अन्तिम खेल लेबननसँग बुधबार खेल्नेछ।

चीनमा आगामी वर्ष आयोजना हुने एएफसी युथ–२३ च्याम्पियनसिपका लागि युएईलगायत १० भिन्न राष्ट्रमा छनोट खेल हुँदैछ। छनोटमा एसियाका ४० देश सहभागी छन्। यही छनोट खेलबाट चीनमा हुने च्याम्पियनसिपमा भाग लिने १६ टिमको भाग्य–परीक्षा हुँदैछ।
नेपाली टिम राजु शाक्यको प्रशिक्षणमा छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.