बेल्जियम विङ्गर अदनानलाई म्यानचेस्टरले बेच्यो


म्यानचेस्टर युनाइटेड आफ्नो बेल्जियम विङ्गर अदनान जानुजाजलाई ९८ लाख पाउन्डमा बेच्न सहमत भएको छ। २२ वर्षीय जानुजाजलाई स्पेनिस क्लब रियल सोसिडाडलाई बेच्न प्रशिक्षक जोसे माउरिन्हो राजीभएका हुन्।

उनी ऋण सम्झौतामा सन्डरल्यान्डबाट खेलिरहेका थिए। गत सिजन उनको प्रदर्शन खराब रहेपछि अमेरिकाको भ्रमणमा माउरिन्होले उनलाई टोलीबाट बाहिर राखेका थिए। सन् २०१५–१६ को सिजन पनि उनी ऋण सम्झौतामा बोरुसिया डोर्टमुन्डबाट खेलेका थिए। उनको बुधबार मेडिकल भएको छ।

जानुजाज १६ वर्षको उमेरमा एन्डरलेच्टबाट २०१३ मा म्यानचेस्टरमा आवद्ध भएका थिए। उनको २०१८ सम्म म्यानचेस्टरमा सम्झौता थियो।

सोसिडाड स्पेनिस ला लिगाको छैटौं टोली हो। उनले म्यानचेस्टरबाट ६३ खेल खेल्दा ५ गाेल गरेका  थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.