नेपाल र बंगलादेश यु २३ फुटबल सुरू, LIVE


एएफसी यु–२३ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल यु–२३ र बंगलादेश यु–२३ बीच मैत्रीपूर्ण खेल सुरू भएको छ। एन्फा कम्प्लेक्स, सातदोबाटोमा सुरू भएको मैत्रीपूर्ण खेलमा दुवै टोलीले जित हात पार्ने दावी गरेका छन्।

बंगलादेशका प्रशिक्षकले यस मैत्रीपूर्ण खेललाई हल्का रुपमा नलिने यसअघि नै बताईसकेका छन् ।

त्यस्तै बंगलादेशी कप्तान सोहेल रानाको भनाई पनि उस्तै छ । युवा खेलाडीहरुले भरिए पनि नेपालविरुद्ध जित हात पार्नेमा आशावादी रहेको उनी बताउँछन् ।

यता नेपालका प्रशिक्षक राजुकाजी शाक्य भने आजको खेलमा सावधानीपूर्वक खेल्ने रणनीतिमा छन् । मैत्रीपूर्ण भन्दा पनि छनौट खेल महत्वपूर्ण रहेकाले आफ्ना खेलाडीले कुनै चोट नबोकुन भन्ने शाक्यको भनाई छ ।

त्यस्तै नेपाली कप्तान बिमल घर्तीमगर भने बंगलादेशविरुद्ध स्पष्ट जित हात पार्ने दावी गर्छन्।

एएफसी यु–२३ च्याम्पियनसिप छनोट अन्तर्गत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसहित समूह डी मा रहेको छ भने बंगलादेश आयोजक प्यालेस्टाईन, ताजिकिस्तान र जोर्डनसहित समूह ई मा रहेको छ ।

हेर्नुहोस् LIVE

नोटः यो लाइभ एपीवान टेलिभिजनबाट लिएका हौ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.