चेल्सी संकटमा, कोस्टा अभ्यासमा फर्किएनन


प्रिमियर लिग विजेता चेल्सी एक पल्ट फेरि संकटमा देखिएको छ। रोमेलु लुकाकुलाई अनुबन्धित गर्न नसकेको चेल्सीको आगामी सिजनको तयारीका लागि सोमबारदेखि सुरु भएको अभ्यासमा डिएगो कोस्टा अनुपस्थित भएका छन्। यसले प्रशिक्षक आन्टोनियो कोन्टेको समस्या बढाएको छ।

स्पेनिस स्ट्राइकर कोस्टाले गत सिजन क्लबका लागि सर्वाधिक २२ गोल गरेका थिए। सन् २०१४ मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट चेल्सीमा प्रवेश गरेयता उनले ८९ खेलमा ५२ गोल गरिसकेका छन्।

पछिल्लो खबरअनुसार एट्लेटिको पुनः आफ्नो पूर्व खेलाडीलाई भित्र्याउन आतुर छ। कोस्टा पनि आफ्नो पूर्व क्लब फर्किन लालायित देखिन्छन्। प्रशिक्षक कोन्टेले यही अलमलका बीच कोस्टालाई एक साताका लागि थप समय दिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.