लुकाकु अमेरिकामा पक्राउ परेको खुलासा


म्यानचेस्टर युनाइटेडमा कीर्तिमानी रकमसहित अनुबन्धित हुन लागेका इभर्टनका स्ट्राइकर रोमेलु लुकाकु अमेरिकाको लस एञ्जलसमा गत साता पक्राउ परेको खुलासा भएको छ।

बढि होहल्ला गरेको उजुरी परेपछि उनलाई लस एञ्जलस प्रहरीले पक्राउ गरेको थियो। बेभर्ली हिल्स प्रहरीले जारी गरेको विज्ञप्तीमा लुकाकुको मुद्धा दायर भएपछि उनलाई २ जुलाईमा छोडिएको थियो। यो घटनामा उनीसहित ५ जना पक्राउ परेका थिए।

उनले आउँदो अक्टुवर २ मा अदालतमा पेश हुनु पर्नेछ। बेल्जियम स्ट्राइकर अमेरिकामा छुट्टी मनाउन गएका थिए। लुकाकुलाई म्यानचेस्टले ७ करोड ५० लाख पाउन्डमा भित्र्याउँदैछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.