मार्सेलोको दोस्रो रोजाईको रुपमा रियल म्याड्रिडले फ्रेन्च डिफेन्डरलाई भित्र्यायो

GEELONG, AUSTRALIA - JULY 31: Theo Hernandez of Atletico Madrid runs with the ball during the match between Melbourne Victory and Atletico de Madrid at Simonds Stadium on July 31, 2016 in Geelong, Australia. (Photo by Darrian Traynor/Getty Images)


रियल म्याड्रिडले ६ वर्षका लागि फ्रेन्च डिफेन्डर थिओ हर्नान्डेजलाई अनुबन्धित गरेको छ। प्रतिद्वन्दी क्लब एट्लेटिको म्याड्रिडका १९ वर्षीय फ्रेन्च डिफेन्डरले गत सिजन ऋण सम्झौतामा आल्भेसबाट खेलेका थिए।

गत सिजन आल्भेसलाई कोपा डेल रेको फाइनलमा प्रवेश गराउन उनको योगदान महत्वपूर्ण थियो। लेफ्ट ब्याक हर्नान्डेजलाई २०२१ सम्म एट्लेटिको आफ्नो क्लबमा राख्ने तयारीमा थियो। उनी एट्लेटिकोको युथ टिममा सहभागी थिए।

उनको अनुबन्धको रकम सार्वजनिक भएको छैन्। हर्नान्डेज ब्राजिलका मार्सेलो टिममा रहेको अवस्थामा प्रशिक्षक जिनेदिन जिदानको दोस्रो रोजाईमा पर्ने लगभग पक्का छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.