वायने रोनी १३ वर्षपछि इभर्टन फर्किदै


म्यानचेस्टर युनाइटेडका स्ट्राइकर वायने रोनी पुनः आफ्नो पुरानो क्लब फर्किने भएका छन्। याहु स्पोर्ट्सले जनाएअनुसार रोनी इभर्टन क्लब फर्किन लागेका हुन्।

जासे मोउरिन्होको म्यानचेस्टर आगमनपछि इङ्लिस कप्तान रोनी नियमित टोलीमा स्थान बनाउन असफल छन्।

रोनीले २००४ मा इभर्टन छोडेका थिए। ३१ वर्षीय रोनी केही दिनपछि गोडिसन पार्क फर्किने बताइएको छ।

माउरिन्होले क्लबका लागि २ सय ५३ गोल गरिसकेका स्ट्राइकरलाई आवश्यकता परेको खण्डमा मुक्त गर्ने आश्वासन दिएको बताइन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.