अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप म्यानमारले जितेको छ।
बुधबार दशरथ रंगशाला भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २-० गोलको हार बेहोर्दा अर्को फाइनलमा पनि उपविजेतामा चित्त बुझाउनुपरेको हो।
बुधबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको दुई मिनेटको अन्तरमा दुई गोल खाएको थियो।
नेपाल र म्यानमार दुवैले लिग चरणमा लेबनान र किर्गिस्तानलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए।
नेपालले यो प्रतियोगिता महिला एसिया कप र फिफा विश्वकप छनोटको तयारीका लागि आयोजना गरेको हो। आगामी जुनमा नेपालले छनोट खेल्दैछ। छनोटको समूहमा शीर्ष बन्न सके नेपाल एएफसी विमेन्स एसिया कपमा छनोट हुनेछ।
हेर्नुहोस् तस्बिरहरूः






















