नेपाल र म्यानमारबीच फाइनल खेल हुनुअघि नेपाली खेलाडीहरूले पूर्वअभ्यास गरेका छन्।
दशरथ रंगशालामा आज साँझ ६ बजेदेखि खेल हुँदैछ।
प्रतियोगितामा नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। दुवैले लिग चरणमा कीर्गिस्तान र लेबननलाई पराजित गर्दै एक अर्कासँग भिड्नुअघि नै फाइनलमा स्थान सुरक्षित गरेका थिए।
लिग चरणको खेलमा पनि नेपाल र म्यानमारले २-२ गोलको बराबरी खेले। त्यतिबेला सविता रानामगर र सावित्रा भण्डारीले गोल गरेका थिए।
खेलमा नेपालले अधिकांश समय म्यानमारलाई दबाबमा राखेको थियो। आज दुवै टोली खेल जितेर अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा रहनेछ।
तस्बिरहरू:
-1740571185.jpg)
-1740571185.jpg)
-1740571184.jpg)
-1740571184.jpg)
-1740571183.jpg)
-1740571183.jpg)
-1740571183.jpg)
-1740571184.jpg)
-1740571182.jpg)
-1740571182.jpg)
-1740571181.jpg)
-1740571181.jpg)