च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक, कसको भिडन्त कोसँग


युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ शुक्रबार सार्वजनिक भएको छ । सहभागी ८ टोलीहरुले पहिलो लेग अप्रिल ३ र ४ मा खेल्ने छन् भने क्वार्टफाइनलको दोस्रो लेग अप्रिल १० र ११ मा खेलिने छन् ।

यस पटक अन्तिम ८ मा स्पेनबाट सर्वाधिक ३ टोलीको प्रतिनिधित्व छ। त्यस्तै इंग्ल्यान्ड र इटालीबाट दुई-दुई टोली क्वार्टफाइनलमा पुगेका छन्। यस्तै जर्मनीबाट १ टोलीले अन्तिम ८ मा प्रतिनिधित्व गर्दैछन्।

यस सिजन फ्रान्सबाट कुनै टोलीले अन्तिम ८ मा स्थान बनाउन सकेनन्।

अघिल्लो सिजनको फाइनलमा खेलेका दुई टोली रियल म्याड्रिड र युभेन्टस अहिले क्वाटरफाइनलमा भिड्दै छन्।

त्यस्तै दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुलले एकअर्काको सामना गर्दैछन् । बायर्न स्पेनिस टोली सेभियाको सामना गर्दै छ भने बार्सिलोनाले इटालियन क्लब एएस रोमासँग भिड्ने छ।

आज सार्वजनिक ‘ड्र’ अनुसार क्वाटरफाइनल समीकरण यस्तो छ

  • बार्सिलोना विरुद्ध एएस रोमा
  • सेभिया विरुद्ध बायर्न म्युनिख
  • युभेन्टस विरुद्ध रियल म्याड्रिड
  • म्यानचेस्टर सिटी विरुद्ध लिभरपुल

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.