इंगल्याण्डका पूर्व कप्तान एवं चर्चित खेलाडी डेभिड बेक्ह्यामले अमेरिकाको मियामीमा यसै साता नयाँ फुटबल टिमको अाधिकारिक घाेषणा गर्ने भएका छन्।
बेक्ह्याम र उनका पार्टनरहरूले अगामी साताभित्रमा आफ्नो नयाँ टिम घोषणा गर्ने बताइएको छ। बेक्ह्याम आफैँं पनि सन् २००७ मा व्यवसायिक फुटबल खेल्न अमेरिका पुगेका थिए। बेक्ह्यामले अमेरिकी मेजर लिग सकरमा सन् २००७ देखि २०१३ सम्म एलए ग्यालेक्सी क्लबबाट खेलिसकेका छन्। सो क्रममा उनले क्लबलाई लिगसहित विभिन्न उपाधि जिताएका थिए।
बेक्ह्यामले घोषणा गर्ने यस नयाँ टिमले अमेरिकी मेजर लिग सकर खेल्नेछ। उनले यसरी नयाँ क्लब खोल्ने घोषणा भने सन् २०१४ मै गरिसकेका थिए। चार वर्षको तयारीपछि परियाेजनाले मूर्त रुप पाउन लागेको हो।
एसोसियटेड प्रेस (एपी)ले जनाए अनुसार पनि बेक्ह्यामले उक्त नयाँ टिमको घोषणा अब आउने सातामा गर्नेछन्। यद्यपि उक्त नयाँ टिमको आधिकारिक नाम र विवरण भने घोषणा भइसकेको छैन।
बेक्ह्यामको यस नयाँ टिम अमेरिकी लिग खेल्ने २४ औं क्लब हुनेछ। क्लब खोल्न बेक्ह्यामले यसअघि नै करिब २८ मिलियन पाउण्ड खर्च गरिसकेका छन्।
[caption id="attachment_126805" align="alignnone" width="960"]
अाफ्ना व्यवसायिक पार्टनरका साथ बेक्ह्याम। फाेटाे: गेट्टी इमेजेज्[/caption]
रंगशाला बनाउन तथा उपयुक्त स्थानको खोजि गर्नलाई बेक्ह्यामको टिमलाई तीन वर्ष लागेको थियो। यसैक्रममा बेक्ह्यामले आफ्नो नामबाट बेक्ह्याम ब्राण्ड लिमिटड पनि खोलेका छन्।
बयालिस वर्षीय बेक्ह्यामले सन् २०१३ मे १८ मा सबैखाले फुटबल खेलबाट सन्यास लिइसकेका छन्।
[caption id="attachment_126806" align="alignnone" width="960"]
बेक्ह्याले घाेषणा गर्ने नयाँ टिमकाे २५ हजार दर्शक क्षमताकाे रंगशाला। फाेटाे: एएफपी[/caption]