नेपालले ३४ रनमा गुमायो ५ विकेट


अफगानिस्तानबाट पाएको १ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३४ रनमा ५ विकेट गुमाएको छ।

१६ दशमलव २ ओभरको खेल सञ्चालन भइरहँदा नेपालले प्रारम्भिक ब्याट्सम्यानद्वय सन्दीप सुनार र आशिफ शेखलाई गुमाइसकेको छ।

सुनार ६ आशिफ २ रनमा आउट भए। प्रनित थापामगर शुन्यमा आउट भए। अनिल शाह पनि ६ रनमा आउट भएका छन्। रोहितकुमार पौडेल पनि ३ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी ११ रनमा आविजित छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.