सन्दीपले ३ ओभरमा झारे ३ विकेट, मलेसिया ६६ रनमा ४ विकेट


नेपाली कप्तान सन्दीप लामिछानेले ३ ओभरमा लगातार ३ विकेट झारेका छन्। उनले अर्धसतक बनाएर खेलिरहेको सैयद अजिज र विरेनदिप सिंह जोडीको साझेदारीलाई पहिले भंग गरेका थिए। यो जोडीले दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो।

सन्दीपले सैयदलाई आफ्नो पहिलो ओभरको तेस्रो बलमा आउट गरेका थिए। सैयद ४६ रन बनाउदै नेपालविरुद्ध घातक बन्दै गइरहेका थिए। उनले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा पुनः विरेनदिपलाई आउट गरे। विरेनदिप १० रनमा आउट भए। उनले तेस्रो ओभरको पहिलो बलमा मोहम्मद आमिरलाई एलबिडब्लुको धरापमा पारे। आमिरले २ रन बनाए।

मलेसियाले २१ दशमलव १ ओभरको खेल समाप्त हुँदा ६६ रनमा ४ विकेट गुमाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.