भारतीय क्रिकेटर उमेश यादवको फ्ल्याटमा चोरी


भारतीय टिमका तीब्र बलर उमेश यादवको नागपुरस्थित फ्ल्याटबाट ७२ हजार नगदसहित दुईवटा मोबाईल फोन चोरी भएको छ।

उनको नागपुरस्थित लक्ष्मीनगर क्षेत्रमा रहेको फ्ल्याटको नवौं तल्लामा चोरी भएको थियो। प्रहरीका अनुसार चोरीको घटना सोमबार राती ७ देखि ९ बजेसम्म हुन सक्छ। त्यतिबेला परिवारका कुनै सदस्य फ्ल्याटमा थिएनन्।

उमेशलाई श्रीलंका भ्रमणका लागि भारतीय टोलीमा समावेश गरिएको छ। प्रहरीले मंगलबार बिहान ३ बजेतिर चोरीको सूचना पाएको थियो। चोर झ्याल फोडेर भित्र प्रवेश गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रहरीका अनुसार आठौं तल्लामा मर्मतको काम भइरहेको थियो। यही कार्यरत मजदुरमध्ये कसैले चोरी गर्न सकेको बताएको छ। सोधपुछका लागि एक कामदारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.