सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सोमबार लिग चरणको अन्तिम खेल हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे लिगको अन्तिम खेलका कर्णाली याक्सले सुदूपश्चिम रोयल्सको सामना गर्दैछ।
सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगिसकेको छ। उसको नेट रनरेट राम्रो भएका कारण उसले आजको खेल हारेको स्थितिमा पनि क्वालिफायर खेल्ने पक्का हुनेछ।
कर्णालीले भने आजको खेल जित्न आवश्यक रहन्छ। समान ८ अंकका साथ पाँचौ स्थानमा काठमाडौं गुर्खाज छ। नेट रनरेटका आधारमा कर्णाली चौथो स्थानमा आएको हो।
सुदूरपश्चिमसँग फराकिलो अन्तरले कर्णाली पराजित भए काठमाडौं प्लेअफ पुग्ने सम्भावना रहन्छ। कर्णाली झिनो अन्तरले मात्रै पराजित भएको खण्डमा भने ऊ आफै प्लेअफ पुग्ने सम्भावना रहन्छ।
त्यसकारण आजको खेल रोमान्चक हुने देखिन्छ।
अंकतालिकामा जनकपुर दोस्रो र चितवन तेस्रो स्थानमा छ।
प्लेअफको शीर्ष दुई टिमले क्वालिफायर र तेस्रो र चौथोले इलिमिनेटर खेल्नेछ।
क्वालिफायरमा विजयी भएको टोली फाइनल पुग्नेछ भने पराजित भएको टोलीले इलिमिनेटरको विजेता टोलीले खेल्नेछ। त्यसमा विजयी हुने फाइनल पुग्नेछ।