लेजेन्डरी क्रिकेट खेलाडी ब्रायन लारा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन्।
शनिबार बिहान काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सबीचको खेल हेर्दा उनी मैदानमा पुगेका हुन्। यस खेलमा गुर्खाजले एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको थियो।
खेललाई उनले भिआइपी कक्षमा बसेर हेरेका थिए। खेल सकिएपछि उनले मैदानमा पुगेका थिए।
वेष्टइण्डिजका पूर्व कप्तान लारा मंसिर २८ गते काठमाडौं आइपुगेका थिए। लाराले वेस्टइन्डिजका लागि १३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने २९९ ओडिआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन्।
तस्बिरहरू:
तस्बिर: नेपाल फोटो लाइब्रेरी