सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरूद्ध चितवन राइनोजले टस जितेको छ।
टस जितेको चितवनले पहिले ब्याटिङ गर्ने भएको छ।
६ खेलबाट १० अंक जोडेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। आजको खेलमा जित निकाले जनकपुरको शीर्ष दुई स्थान पक्का हुनेछ भने पहिलो क्वालिफायर खेल्नेछ।
चितवनले जित निकालेको अवस्थामा प्लेअफ जित्ने सम्भावना बलियो हुनेछ। चितवनको जितले दुई टोली लिग चरणबाट बाहिरिनेछन्। छैटौं स्थानको विराटनगर किंग्स र सातौं स्थानको पोखरा एभेन्जर्स लिग चरणको अन्तिम खेलअघि बाहिरिनेछन्।
चितवन पराजित भएमा भने चितवनसहित विराटनगर र पोखराको अन्तिम खेलसम्म समिकरणका लागि कुर्नु पर्नेछ।