सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले बुधबार छैटौं खेल खेल्दैछ। त्रिवि मैदानमा दिउँसो १ बजे लुम्बिनी काठमाडौं गुर्खाजविरूद्ध खेल्दैछ।
१९३ रनको फराकिलो योगफल तयार गरेपनि पहिलो खेलमा हार ब्यहोरेको लुम्बिनीले त्यसपछि लगातार तीन खेलमा पराजित भएको थियो।
पाँचौं खेलमा चितवनलाई ३३ हराउँदै लुम्बिनीले प्लेअफ सम्भावनालाई जिवित राखेको थियो। सम्भवाना कायमै राख्न बुधबार काठमाडौंविरूद्ध लुम्बिनीलाई जित्नैपर्ने दबाब छ।
समान २/२ अंकसहित लुम्बिनी काठमाडौंभन्दा एक स्थान माथी पाँचौं नम्बरमा छ। यद्यपि काठमाडौंले तीन खेल मात्रै खेलेको छ। उसले आज चौथो खेल खेल्दैछ।
काठमाडौंले यसअघि कर्णाली याक्सलाई पराजित गर्दा सुदूरपश्चिम र चितवनसँग पराजित भएको थियो।
लुम्बिनीले बुधबारको खेलपछि लिग चरणको अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ। लुम्बिनीलाई अब आफ्नो खेलमा मात्रै होइन अरू टिमको नतिजाले पनि प्लेअफमा पुग्ने नपुग्ने निर्क्योल गर्छ।
त्यसकारण प्लेअफ सम्भावनालाई जिवित राख्न लुम्बिनीलाई र प्लेअफ सम्भावना बलियो बनाउन काठमाडौंका लागि आजको खेल महत्वपूर्ण छ।
टिम काठमाडौं: करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)।
टिम लुम्बिनीः रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।