सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सविरूद्धको खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानको दोस्रो खेलमा पोखराले टस जितेर पहिले ब्याटिङ रोजेको हो।
जारी प्रतियोगितामा पोखराले तीन मध्ये एक खेलमा जित निकालेको छ।
कर्णालीले भने पाँचौ खेल खेल्न लागेको हो। कर्णालीले दुई खेल जित र दुई खेलमा हार ब्यहोरेको छ।

