मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरले गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको उपाधि योङ्ग हार्ट्स स्कुल गोकर्णेश्वरले जितेको छ।
कुल ३० स्वर्ण पदकका लागि भएकोमा प्रतिस्पर्धामा योङ्ग हार्ट्सले ७ स्वर्ण २ रजत र ४ कास्य पदक जित्दै टिम प्रथम भयो भने ५ स्वर्ण २ रजत र ४ कास्यसहित बौद्ध डोजो दोस्रो, ४ स्वर्ण २ रजत र ३ कास्य सहित उत्तरबाहिनी डोजो तृतीय भयो।
योङ्ग हार्ट्सका लागि एरिन्ज थोकर, निशा तामाङ, प्राश्ना केसी, मिलन मगर, बरदान मोक्तान, टीकामाया जिम्मी, समीर घलानले स्वर्ण पदक दिलाए भने देवआशिष खड्का र इभान्जेलिना बस्नेत रजत पदकमा सीमित भए।
मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरको आयोजनामा शङ्खडोल कराते हल गोकर्णेश्वरमा भएको प्रतियोगितामा उपत्यका भित्रका ३० स्कुल/डोजोका ४६० जना खेलाडीको सहभागिता रहेको थियो।
विजयी खेलाडीहरूलाई गोकर्णेश्वर नगरपालिका मेयर दिपक कुमार रिसाल, वडा न ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, प्रतियोगिताका संयोजक श्रीकुमार श्रेष्ठ, मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरका अध्यक्ष केशव प्रसाद सिङ्खडा, शंखडोल कराते एकेडमी प्रमुख शिवराम कारन्जित लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।