रोयल अल्ट्रा म्यारथनको उपाधि सुमनलाई


हिमाली क्षेत्रमा घुम्न र हिमाल आरोहणका लागि आउने पर्यटकहरुको भारी बोकेर जीविका चलाउँदै आएका सोलुखुम्बु महाकुलुङ– ५ का २६ वर्षीय सुमन कुलुङ यस वर्षको रोयल पेन्गुइन अल्ट्रा मयाराथनको विजेता बनेका छन्।

११ स्वदेशी सहित १५ विदेशी गरेर २६ धावकहरुले भाग लिएको म्याराथनमा उनलाई ६४ किमी दुरी पार गर्न ७ घण्टा तीस मिनेट लागेको थियो।
म्याराथनमा ओखलढुङ्गा मोलुङ गाउँपालिका– ७, का लाक्पा शेर्पा र सोलुखुम्बु महाकुलुङ– २ का किरण कुलुङ क्रमशः दोस्रो र तेस्रो भए भने सोलु दुधकोशी गाउँपालिका– १, कि पूर्णिमा राईले महिलातर्फ प्रथम स्थान हासिल गरिन्।

२०१६ को म्याराथनमा समेत सहभागीता जनाएका दास्रो र तेस्रो लाक्पा र किरणलाई उक्त दुरी पार गर्न क्रमश आठ घण्टा २२ मिनेट र नौ घण्टा १७ मिनेट लागेको थियो। महिला तर्फबाट सहभागी पूर्णिमाले भने सोही दुरी पार गर्न १० घण्टा ४२ मिनेटको समय खर्चिइन्।

म्याराथनका विजेताहरुले १ लाख, ५० हजार र २५, २५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए। नाम्चे बजार (३४४० मि.) बाट सुरु भएको उक्त म्याराथन ठूल्ठूला हिमाली भीर, खोँच र हिमखण्ड पार गर्दै डोले, मछ्यरमो, गोक्यो हँुदै रेन्जोला पास गरेर पुनः नाम्चे आएर टुङ्गिएको थियो।

म्याराथनमा जर्मनी, अमेरिका, रसिया, सिंगापुर, मलेसिया, युक्रेन, लेबनान, क्यानाडा, अष्ट्रेलिया, नेरदल्याण्ड, स्लोभानिया लगायतका नागरिकले भाग लिएका थिए।

‘विरुवा रोपौँ, हरीयाली बढाऔँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा खुम्बु क्षेत्रको युवा सहभागीतामा सकारात्मक प्रभाव एवम वातावरण तथा पर्यावरणलाई संरक्षण तथा जागरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको रोयल पेन्गुइन अल्ट्रा म्याराथनकी कार्यक्रम निर्देशक मिङ्मा याङ्जी शेर्पाले जानकारी दिइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.