एएफसी यू-१६ छनोट भोलिदेखि, नेपाल र भारतबीचको खेल शुक्रबार

नेपालले इराकको सामना गर्ने


१६ वर्षमुनिको एएफसी च्याम्पियनसीप अन्तर्गत समूह डीको छनोट बुधबार काठमाडौंमा सुरू हुँदैछ।

बुधबार उद्‌घाटन खेलमा भारत र प्यालेस्टाइन दिउँसो १२ बजे प्रतिस्पर्धा गर्ने छन्।

दिउँसो साढे ३ बजे नेपालले आफ्नो पहिलो खेलमा इराकको सामना गर्ने छ। नेपाल र भारतबीचको खेल शुक्रबार साढे ३ बजे हुने छ।

यो दिन १२ बजे इराक र प्यालेस्टाइन प्रतिस्पर्धा गर्ने छन्।

आउने आइतबार नेपालले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्ने छ। यो दिनको पहिलो खेल भारत र इराकबीच हुने छ।

सबै खेल काठमाडौंको हलचोक मैदानमा हुने छ। छनोट प्रतियोगितामा भाग लिएका ४० एशियाली देशलाई १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र उत्कृष्ट पाँच वटा उप- विजेता गरी १५ टोली प्रतियोगिताका लागि छनोट हुनेछन्। मलेसिया भने आयोजकको रुपमा सहभागी हुने छ।

एएफसी यू-१६ प्रतियोगिता एक वर्षपछि मलेसियामा हुने छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.