हुडर्सफिल्डको डेब्यु खेलमै ३ गोलको उत्कृष्ट सुरुवात

हुडर्सफिल्डको डेब्यु खेलमै ३ गोलको उत्कृष्ट सुरुवात


इङ्लिस प्रिमियर लिगमा पहिलो पल्ट सहभागी भएको हुडर्सफिल्ड टाउन क्लबले आफ्नो डेब्यु खेलमै उत्कृष्ट सुरुवात गरेको छ। उसले शनिवार राती फ्राक डि बोएरले प्रशिक्षण दिएको क्रिस्टल प्यालेस क्लबलाई ३–० ले पराजित गरेको छ।

क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको यस खेललाई अवलोकन गर्न करिब ३ हजार हुडर्सफिल्ड समर्थक उपस्थित भएका थिए। बेनिनबाट करिब १ करोड २० लाख पाउण्डमा यसै सिजन हुडर्सफिल्डमा समावेश भएका स्टिभ माउनेले २६ र ७८ मिनेटमा दुई गोल गर्दै जित सुनिश्चित पारेका थिए। उनी क्लबका सबैभन्दा महंगा खेलाडी हुन्।

यसअघि २३ मिनेटमा प्यालेसका जोएल वार्डले आत्मघाती गोल गरेका थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.