मेसीको फोटो पठाएको आरोपमा कुटपिट


बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको हस्ताक्षरसहितको तस्वीर नोबल शान्ति पुरस्कारबाट सम्मानित चिनियाँ कवि लिउ जियाबोकी विद्यवालाई पठाएको आरोपमा हङकङका प्रजातान्त्रिक अभियन्ता होवार्ड लामलाई चिनियाँ खुफिया विभागका अधिकारीले पक्राउ गरी मरणासन्न कुटपिट गरेका छन्।

होवार्डलाई सोधपुछका लागि भन्दै करिब ९ घण्टा हिरासतमा राखिएको र शुक्रबार विहान १ बजे हङकङको सुदूर जिल्ला साइ कुङमा छोडिएको बताइएको छ। उनले आफूमाथि कुटपिट गर्दै खुट्टाको पाखुरा र जाँघ चिरेर क्रस चिन्न बनाइदिएको आरोप लगाए।

क्यान्सरको कारण चिनियाँ कवी जियाबोको गत महिना बेइजिङको जेलमा निधन भएको थियो। उनकी विद्यवा लिउ जियाले केही समयअगाडि बार्सिलोना क्लबसँग मेसीको हस्ताक्षरसहितको तस्वीर आफूलाई पठाइदिन आग्रह गरेकी थिइन्।

उनको आग्रह सार्वजनिक भएपछि हङकङमा बसोबास गर्ने होवार्डले मेसीको हस्ताक्षर भएको तस्वीर लिउ जियालाई पठाएका थिए। उनले पठाएको तस्वीरको जानकारी पाएपछि चिनियाँ खुफिया विभाग सक्रिय बनेको थियो।

होवार्डले चिनियाँ अधिकारीले आफूलाई क्रिस्चियन भएको आरोप लगाउँदै आफ्नो पाखुरामा क्रस चिन्न चिरेर बनाइदिएको बताए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.