राष्ट्रिय पौडी बिहीबारदेखि

राष्ट्रिय पौडी बिहीबारदेखि


राष्ट्रिय खेलकुद परिषद्को तत्वावधान तथा नेपाल पौडी संघको आयोजनामा २० औं राष्ट्रिय पौडी प्रतियोगिता बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा हुने भएको छ।

प्रतियोगितामा ५ विकास क्षेत्र, त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लबबाट १ सय ४४ खेलाडीको सहभागिता रहने पौडी संघका महासचिव जगतमान श्रेष्ठले जनाएका छन्। ९५ पुरुष र ४९ महिला खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

दुईदिने प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न पौडी संघकी उपाध्यक्ष गीता राणाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.