विराट र खलीको तस्वीर सोशल मिडियामा हिट


भारतीय कप्तान विराट कोहली श्रीलंकाविरुद्ध टेस्ट शृंखलामा विजयी भएपछि रेसलिङका चर्चित पात्र ‘दि ग्रेट खली’ सँग देखा परेका छन्।

विराटले खलीसँग भेट भएको तस्वीर आफ्नो सोशल मिडियामा पोस्ट गरेपछि यसलाई पछ्याउनेको भीड लागेको छ। उनले पोस्ट गरेको फोटो सोमबार साँझसम्म करिब ६ हजारले रि–ट्वीट गरिसकेका छन्। ५२ हजार लाइक्स मात्र छ।

भारतले श्रीलकालाई दोस्रो टेस्टमा इनिङ र ५३ रनले पराजित गरेको थियो। ३ टेस्टको शृंखलालाई भारतले २–० ले जितिसकेको छ। भारतले २०१५ मा श्रीलंकालाई उसैको मैदानमा २–१ ले हराएको थियो। तेस्रो टेस्ट १२ अगस्टदेखि हुँदैछ। विराटका तेस्रो टेस्ट जितेर विदेशी भूमिमा व्हाइटवाश गर्ने ठूलो मौका छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.