नेपालका भूमिराजले विश्व एथलेटिक्समा दौड पुरा गर्न सकेनन्

नेपालका भूमिराजले विश्व एथलेटिक्समा दौड पुरा गर्न सकेनन्




नेपाली धावक भूमिराज राई विश्व एथलेटिक्स च्याम्पियनसिपमा दौड पुरा गर्न असफल भएका छन्। आइतबार म्याराथनतर्फको स्पर्धामा उनी दौड पुरा गर्न असफल भएका हुन्।

५० देशका ९८ प्रतियोगी सहभागी म्याराथनमा ७१ जनाले मात्र दौड पुरा गरेका थिए। दौड पुरा नगर्नेमा नेपालका भूमिराजसहित २७ देशका प्रतिस्पर्धी थिए।

केन्याका जियोफ्रे किरुईले २ घण्टा ८ मिनेट २७ सेकेन्डमा दौड पुरा गर्दै स्वर्ण जिते। इथोपियाका तामिरात तोलाले रजत र तान्जेनियाका अल्फोन्से सिम्बुले कास्य जिते। विश्व एटलेटिक्स च्याम्पियनसिप लन्डनमा आयोजना भइरहेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.