अमिरलाई स्क्वासको जुनियर ब्वाइजको उपाधि

अमिरलाई स्क्वासको जुनियर ब्वाइजको उपाधि




अमिर ब्लोनले दोश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको जुनियर यु–१९ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।

सातदोबाटोमा भएको फाइनलमा अमिरले दीपक थापालाई ११–९, ८–११, १२–१० र १७–१५ को सेटमा पराजित गर ।

पुरुष सिंगल्समा साविक उप विजेता अमृत थापा मगर र साविक विजेता अरहान्तकेशर सिंह फेरि उपाधिका लागि भिड्ने छन्। सेमिफाइनलमा अमृतले प्रवीणवीरसिंह कंशाकारलाई १३–१५, १०–१२, ११–५, ११–४ र ११–८ तथा अरहान्तले ज्ञानु चौधरीलाई ११–७, ११–५ र ११–३ ले हराउदै उपाधि भेट पक्का गरेका हुन्।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा इन्द्रबहादुर कार्कीले प्रेम सिंहलाई १२–१०, ७–११, १०–१२, ११–७ र ११–४ ले पाखा लगाउदै फाइनलमा पुगे। उपाधिका लागि इन्द्रले किशोर महर्जन विरुद्ध खेल्नेछन् । किशोरले लालबहादुर गुरुङबाट वाक ओभर पाए।

मास्टर्स ४५ देखि ५४ वर्षसम्मको पुरुष सिंगल्समा प्रज्ज्वलप्रकाश प्रधानले दिलिपनरसिंह अधिकारीलाई ११–७, ११–५ र ११–३ को सोझो सेटमा पन्छ्याउदै सुदीपबहादुर सिंहसंग फाइनल भेट पक्का गरे। पुरुष सिंगल्सको प्लेटतर्फ रत्नकाजी शाक्य र आकाश सुनुवार फाइनलमा पुगेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.