बज्रचार्य दाजु–भाईलाई टेनिस उपाधि


बज्रचार्य दाजु–भाई संरक्षक र सम्यकभूषणले प्रथम एएनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको उपाधि जितेका छन्।

संरक्षकले यु–१८ ब्वाइज सिंगल्स र सम्यकले यु–१४ ब्वाइज सिंगल्सको उपाधि जितेका हुन्। सातदोबाटोस्थित टेनिस कोर्टमा विहिबार भएको यु–१८ ब्वाइज सिंगल्सको राउन्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा संरक्षकले निनवाम राईलाई ६–० र ६–० ले सहजै पराजित गरे।

चार खेलाडी सहभागी उक्त स्पर्धामा संरक्षक सबै तीन प्रतिद्वन्द्वीलाई हराउन सफल भए। सो स्पर्धामा प्रणव खनालले साम्राज्ञ कट्वाललाई ६–० र ६–० को सीधा सेटमा हराउदै दोश्रो भए। उनले दुई खेलमा जित हात पारे। एक खेलमा विजयी साम्राज्ञ तेश्रो भए। प्रतिद्वन्द्वी आदित सुवेदीबाट फाइनलमा वाक ओभर पाएपछि सम्यकलाई उपाधि जित्न गाह्रो भएन।

यस्तै, रायना शाहले यु–१२ गल्र्स सिंगल्सको उपाधि जितिन्। उनले फाइनलमा इशाश्रीलाई ६–४ र ६–० ले पराजित गरिन्। युथ–१४ को उपाधि प्रेरणा कोइरालाले जितिन्। उनले गल्र्स सिंगल्सको फाइनलमा प्रेरणाले सलोनी तामाङलाई सीधा सेटमा ६–३ र ६–३ ले पाखा लगाइन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.