सेरेनाले भनिन्, अमेरिकामा अश्वेत महिलाको तलबमा विभेद छ

सेरेनाले भनिन्, अमेरिकामा अश्वेत महिलाको तलबमा विभेद छ




टेनिस स्टार सेरेना विलियम्सले एउटा प्रभावशाली लेख लेख्दै अश्वेत महिलालाई बराबरीको पारिश्रमिक दिनु पर्ने वकालत गरेकी छिन्।

अश्वेत महिलाले बराबरीको पारिश्रमिक पाउने पर्ने आवाज लामो समयदेखि अमेरिकामा उठ्दै आइरहेको छ। यही अभियानको दिन पारेर अमेरिकी स्टारले अश्वेत महिलाको तलबलाई कसरी समनतातर्फ परिपूर्ती गर्न सकिन्छ भनेर लेख सार्वजनिक गरेकी छिन्।

‘लैगिक असमानताले महिलाको पारिश्रमिक यसै पनि थोरै छ, यसमा पनि छालाको रंगको आधारमा गरिने व्यवहार दुःखदायी छ,’ उनले लेखेकी छिन्, ‘ हुर्किदै गर्दा, मलाई लागेको थियो, महिला भएकै कारण मैले आफ्नो सपना पुरा गर्न सक्दिन कि। त्यो भन्दा पनि ठूलो कुरा छालाको रंग कालो भएको कारण असम्भव ठानेकी थिए।’

फच्र्युन म्यागजिनले ३५ वर्षीय स्टारको लेख तयार पारेको थियो। ‘मुद्धा अश्वेत महिलाले कम तलब पाउँछन भन्ने मात्र होइन, उनीहरुले प्राविधिक, अर्थ, मनोरञ्जन, कानुन र औषधी विज्ञान सबै ठाउँमा अश्वेत भएकै कारण कम पैसा पाउँछन्।’

उनले स्नातक गर्ने अश्वेत महिलालाई सबै काममा कम पैसा दिने गरिएको आरोप लगाइन्। ‘यो जति भित्री शहरमा सत्य छ, त्यति नै सत्य सिलिकन भ्यालीमा पनि छ,’ उनले भनिन्।

अमेरिकामा २ करोड ४० लाख अश्वेत महिला बसोबास गर्छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.