जब भारतीय खेलाडी विमानस्थलबाटै बाहिर आउन चाहेनन्!

जब भारतीय खेलाडी विमानस्थलबाटै बाहिर आउन चाहेनन्!




कुनै ठूलो प्रतियोगितामा खेल जितेर देश फर्किदा राज्यले वास्ता गरेन भने खेलाडीहरुले असन्तुष्टी कसरी पोख्छन्? सम्भवत पत्रकार सम्मेलन गरेर, आफ्नो भनाई राखेर।

तर, भारतमा एउटा रोचक घटना भएको छ। टर्कीको इस्तानाबुलमा हालै आयोजना भएको ‘डेफ ओलम्पिक’मा भारतका ४८ खेलाडीले भाग लिएका थिए। जसमा भारतले १ स्वर्ण १ रजत र ३ कास्य गरी कूल ५ मेडल जितेको थियो।

प्रतियोगितामा सहभागी भएर मंगलबार बिहान देश फर्किने क्रममा विमानस्थलमा उनीहरुले आफूलाई स्वागत गर्न खेल विभागका कुनै पदाधिकारी नआएको थाहा पाएपछि विरोधको रोचक तरीका निकाले।

उनीहरुले आफ्नो सम्मान नभएसम्म विमानस्थलबाट बाहिर ननिस्किने निर्णय गरेपछि विमानस्थलका कर्मचारीलाई आपत परेको थियो। खेलाडीहरुले आफ्नो स्वागत राम्रोसँग भएन भने जितेको सबै मेडल फर्काउने धम्कीसमेत दिएका छन्। उनीहरुले सांकेतिक रुपमा विमानस्थलमै विरोध गरेका छन्।

अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको नाम राख्न सफल भए पनि ‘डेफ’ भएका कारण आफूहरु उपेक्षित भएको उनीहरुको आरोप थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.