पूर्व टेनिस सुन्दरी कोर्निकोभा प्रेम–प्रसंगका कारण पुनः चर्चामा


पूर्व टेनिस सुन्दरी रुसकी अन्ना कोर्निकोभा आफ्नो प्रेम–प्रंसगलाई लिएर पुनः चर्चामा आएकी छिन्। सन् २००१ मा चर्चित जोडीको उपमा पाएको कोर्निकोभा र अमेरिकी पप गायक एनरिक इगलेसिस फेरि एक पल्ट सम्बन्ध जोडिन पुगेको छ। करिब एक दशकसँगै बसेर यो जोडी २०१३ मा छुट्टीएको थियो।

कोर्निकोभाको प्रेममा भुतुक्क भएका इगलेसिसले २००१ मै एउटा म्युजिक भिडियो ‘इस्केप’ मा उनलाई मोडलको रुपमा प्रस्तुत गरेका थिए। जुन भिडियो निकै चर्चामा रहेको थियो।

दुवैले संयुक्त लगानीमा २ करोड रुपैयाँमा अमेरिकाको मियामीमा घर किनेका थिए। केही वर्ष अगाडि गुमनाम रहेकी कोर्निकोभा इगलेसिससँग पुनस्थापित भएको सम्बन्धका कारण पुनः चर्चामा छिन्।

कोर्निकोभा कुनै बेला गुगलमा सबैभन्दा बढि खोजिने टेनिस खेलाडी थिइन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.