वेट लिफ्टिङको पहिलो दिन यस्तो देखियो


काठमाडौंमा जारी युथ एन्ड एसियन जुनियर भारत्तोलन च्याम्पियनसिपको पहिलो दिन थाइल्याण्डका खेलाडीले विश्व कीर्तिमान कायम गरेका छन् ।

पुरुष युथको ५० केजीमा चोमचुयनले विश्व किर्तिमान बनाएका छन । उनले क्लि एन्ड जर्कमा विश्व किर्तिमान सहित स्वर्ण पदक जितेका छन् ।

क्लिन एन्ड जर्कमा स्वर्ण पदक जित्ने क्रममा चोमचुयनल एक सय २७ केजी भार वहन गरे । यसअघि यो विधाको किर्तिमान पनि थाइल्यानडकै खेलाडी कुराइपोङको नाममा रहेको थियो । उनले एक सय २६ केजी उचालेका थिए । आज कुल १८ स्वर्ण छिनोफानो भएको थियो ।

थाल्याण्डका खेलाडीले विश्व कीर्तिमान कायम गर्दा पहिलो दिन आज नेपाली खेलाडीको प्रदर्शन भने सन्तोषजनक रहेन ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कवर्डहलमा भएको खेलमा नेपालबाट तुसार बुढा मगर, राम कुमार यादव र गणेश रानाभाट तीनै जनाले ५६ केजी तौल समुहमा प्रतिस्पर्धा गरेका थिए । युथ तर्फ सहभागिता जनाएका तुसारले कुल एक सय ३७ केजी भार उठाएका थिए । उनले स्न्याचमा ६२ र क्लिन एन्ड जर्कमा ७५ केजी उठाए । यस्तै जुनियर तर्फ राम कुमारले कुल एक सय ६५ केजी भार वहन गरे । राजकुमारले क्लिन एन्ड जर्कमा ९० र स्न्याचमा ७५ केजी उठाएका थिए ।

जुनियर तर्फकै अर्को खेलमा गणेशले एक सय ४८ केजी भार वहन गरे । गणेशले क्लिन एन्ड जर्कमा ८० र स्न्याचमा ६८ केजी तौल उठाएका थिए ।

हेर्नुहोस् पहिलो दिनको खेल तस्बिरमा

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.