जेम्स हार्डेन एनबिएको इतिहासमै सर्वाधिक महंगा बास्केटबल खेलाडी

जेम्स हार्डेन एनबिएको इतिहासमै सर्वाधिक महंगा बास्केटबल खेलाडी


एनबिएको इतिहासमै जेम्स हार्डेन सबैभन्दा महंगा खेलाडी बन्न पुगेका छन्। ह्युस्टन रकेट्सले आफ्नो खेलाडी हार्डनको सम्झौता नवीकरण करिब २३ अर्ब ५७ करोड रुपैयाँमा गरेको छ। यसअघि हार्डेनले २ वर्षे करारमा ६ अर्ब ९ करोड रुपैयाँ पाउँथे।

उनको सम्झौता नवीकरण ४ वर्षका लागि भएको छ। गत साता गोल्डेन स्टेट वारियर्सले स्टेफन क्युरीलाई ५ वर्षका लागि करिब २० अर्ब ७७ करोडमा अनुबन्धित गरेको थियो। उनी त्यतिबेला एनबिएको इतिहासमै सबैभन्दा महंगा खेलाडी बनेका थिए। तर, हेडनले करिब ३ अर्ब रुपैयाँले क्युरीलाई उछिनेका छन्। ‘ह्युस्टन मेरो लागि घर समान हो,’ हार्डेनले विज्ञप्तीमा भनेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.