आइसिसीद्वारा विराट र युवराजको खेल भावनाको तारिफ

आइसिसीद्वारा विराट र युवराजको खेल भावनाको तारिफ




च्याम्पियन्स ट्रफीको फाइनलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग १ सय ८० रनको विशाल अन्तरले हारेको भारतका कप्तान विराट कोहली र युवराज सिंहको खेल भावनाको आइसिसीले तारिफ गरेको छ।

दुई देशबीच युद्धको माहौल भएपनि आइतबार पाकिस्तानसँग पराजय भोगेपछि कोहली र युवराज सिंहले पाकिस्तानी टोलीलाई बधाई दिएका थिए। उनीहरुले मैदानमा उत्रिएर पाकिस्तानी खेलाडीलाई जितको बधाई दिएका थिए।

अझ, भारतीय कप्तान कोहली र युवराज पाकिस्तानी खेलाडी शोएब मलिक, बाबर आजम र फखर जमानसँग ठट्टा गर्दै गरेको भिडियो फुटेज आइसिसीले आफ्नो आधिकारिक साइटमा राखेको छ। उसले ट्विटरमार्फत पनि यो क्षणलाई शेयर गरेको छ। फुटेजमा शोएब उर्दू भाषामा केही बोलिरहेको र उनको प्रस्तुती देखेर कोहली र युवराज मस्तसँग हाँसेको देखिएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.