देशको सर्वाधिक पुरस्कार राशी भएको धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ।
अपरान्ह साढे १२ बजेपछि धनगढीस्थित एसएसपी क्रिकेट मैदानमा हुने खेलमा उपाधिका लागि सोमपाल कामीको नेतृत्वमा रहेको धनगढी टिम चौराह र काठमाडौं गोल्डेन्स भिड्ने छन्। काठमाडौं गोल्डेन्सको कप्तानी राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हालेका छन्।
सोमपालको कप्तानीमा रहेको रहेको धनगढी टिम चौराह गत सिजनको विजेता टिम हो।
डिपिएलको दोस्रो संस्करण चैत १७ गतेदेखि सुरू भएको थियो।
यो प्रतियोगितामा सुरूवातमा पनि यी दुई टिम भिडेका थिए। उक्त खेल काठमाडौं गोल्डेन्सले जितेको थियो भने अर्को खेलमा धनगढी टिम चौराह विजयी भएको थियो।