धोनीलाई पद्मभूषण


भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले प्रतिष्ठित पुरस्कार पद्मभूषण ग्रहण गरेका छन्। राष्ट्रपति रामानाथ कोविन्दले उनलाई सोमबार एक विशेष समारोहका बीच सम्मानित गरेका हुन्।

धोनीलाई दिइएको यस सम्मान भारतीय आम नागरिकहरूलाई दिइने सम्मान मध्यको तेस्रो ठूलो सम्मान हो। यसैगरी विलियार्डका विश्व च्याम्पियन खेलाडी पंकज आडभनीलाई पनि उक्त सम्मान दिइएको छ।

अहिले पनि वान डे क्रिकेट खेलिरहेका धोनी सफल भारतीय कप्तानहरू मध्येमा पर्ने गर्छन्। यसैबीच धोनीले सम्मान प्राप्त गरेपछि भारतीय मन्त्री तथा खेलप्रेमीहरूले उनलाई सामाजिक सञ्जालमा बधाई दिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.