झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।
चारपानेका नरेश थापाको प्रहरीको गोली लागेर मृत्यु भएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।
११ वर्षीय बालक लक्ष्मण सिवाकोटी मृत अवस्थामा भेटेपछि प्रहरीको अनुसन्धान गतिलो नभएको भन्दै बालकका आफन्त तथा स्थानीय विरोधमा उत्रिएका थिए।
स्थानीय र प्रहरीसँगको झडपमा गोली लागेर थापाको मृत्यु भएको हो। प्रहरीको गोली लागेर छ जना घाइते भएका छन्।
झडपपछि बिर्तामोडमा शुक्रबार दिउँसो १ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ।
स्थानीयले बिर्तामोडको मुक्तिचोकमा निकालेको र्याली हिंसात्मक बनेपछि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
सुरक्षा व्यवस्थालाई लक्षित गर्दै थप प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सिडिओ तिवारीले बताए। अहिले स्थिति सामान्य बन्दै गएको र प्रशासनले सर्वदलीय बैठक बोलाएको उनले जानकारी दिए। सर्वदलीय बैठक केहीबेरमा बस्दैछ।
आजका अन्य समाचारहरूसाढे तीन सय वर्षअघि ५ वर्षमै निर्माण भएको रानीपोखरी अढाइ वर्षमा पुनर्निर्माण पनि भएनवाम गठबन्धनका लागि पेचिलो बन्दै दाङ क्षेत्र नम्बर २