झापाको विर्तामोडमा बालक हत्याको विरोधमा निकालिएको र्यालीमा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ।
ट्राफीक चोकबाट निकालिएको र्यालीले बाटो बन्द गरेर जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्न खोजेपछि पहिला १५ राउन्ड अश्रुग्यास हानेको तर भीड नियन्त्रण नभएपछि हवाई फायर गरिएको झापाका डिएसपी दिपेन्द्रकुमार बस्नेतले बताए।
डिएसपी बस्नेतले सेतोपाटीसँग भने, ‘तोडफोड गरेको र पुलिसमाथि ढङ्गामुढा गरेको कारण प्रहरीले लाठीचार्ज र गोली प्रहार गरेको हो। हवाई फायरबाट कोही घाइते भएका छैनन्।’
गत असोज १४ गते बेपत्ता भएका अर्जुनधारा ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको डुबेर मृत्यु भएको थियो।
हत्या आशंकामा तीन जनाविरुद्धमा बालका आफन्तले किटानी जाहेरी दिएका थिए।
तीन जनालाई प्रकाउ गरेर प्रहरीले अनसन्धान गरिरहेको भए पनि अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै आफन्तले बिर्तामोडको ट्राफिक चोकबाट र्याली निकालेका थियो।